
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश, प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । दुई दिनसम्म चलेको प्रथम अधिवेशनले पुरीको नेतृत्वको १ सय ४१ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
सचिवमा कालिकोटका धीरबहादुर विष्ट, उपसचिव (महिला) मा धनकुमारी जिसी (शाही) र सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन् ।
प्रदेश कमिटीको उपाध्यक्ष २ जना र उपसचिव २ जना मनोनीत हुन बाँकी छ । सहमतिकै आधारमा नेतृत्व चयन गर्ने क्रममा अधिवेशन एकदिन लम्बिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij