
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बिहीबार तेस्रो दिन पनि जारी छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।
यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । आज बयान सक्ने तयारी छ । बयान सकिए लगत्तै उनलाई पोखरा पठाइने डीएसपी खनालले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij