
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ । यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij