Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते

बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते

  • काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा बोलेरोले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले ठक्कर दिँदा बेनीघाट–२ की १९ वर्षिय अनिशा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । मृतक बागेश्वरी मावि रिचाकटारमा अध्यायनरत विद्यार्थी हुन् । दुर्घटनामा २६ वर्षिय प्रशंसा मिजार घाइते भएकी छिन् । चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।अर्को सवारीमा चढ्न लागेका दुई जनालाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट