Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

सुनसहित एक जना पक्राउ

सुनसहित एक जना पक्राउ

  • काठमाडौँ । प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ३ सय ५६ ग्राम सुनसहित भारत उत्तर प्रदेश गोण्डा कान्जे मोउका २७ वर्षीय कनैया लाललाई पक्राउ गरेको हो । 
    प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बुटवलदेखि काठमाडौँतर्फ आउँदै गरेको लु।२ख ६८५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कनैयालाई उक्त सुनसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट