Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

बालिका करणी आरोपी साढे पाँच महिनापछि पक्राउ

बालिका करणी आरोपी साढे पाँच महिनापछि पक्राउ

  • काठमाडौं । लमजुङमा १२ वर्षीया बालिकालाई जवर्जस्ती करणी मुद्दाका फरार आरोपिलाई प्रहरीले साढे पाँच महिनापछि पक्राउ गरेको छ । उनी मस्र्याङदी गाउँपालिका– २ बस्ने बर्ष २५ को भक्तबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ । उनलाई कास्की पोखरा महानगरपालिका– ३२ तल्लो गगनगौंडा टोलमा लुकीछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले बताए ।

    images
    images
    images

    उनका अनुसार गुरुङले पीडित १२ बर्षीया बालिका नामथर परिवर्तित २०८०।०८१–३८९२०० कुमारीलाई जवर्जस्ती करणी गरेको कसुरमा भक्तबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले २०८० सालको फागुन २४ गते ती बालिकालाई जवर्जस्ती करणी गरेको पीडित पक्षको उजुरीका आधारमा मुद्दा चलाइएको प्रहरी भनाइ छ ।

    images

    कास्कीको पोखरा महानगरपालिका– ३२ तल्लो गगनगौंडा टोलमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका अभियुक्त गुरुङविरुद्ध लमजुङ जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसुरमा १० दिनको म्याद लिई थप अनुसन्धान थालिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij