Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रचण्ड र प्रकाण्डबीच भेटवार्ता

प्रचण्ड र प्रकाण्डबीच भेटवार्ता

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ । नेता प्रकाण्डले अध्यक्ष प्रचण्डलाई आज खुमलटार पुगेर भेटवार्ता गरेका हुन्।

    images
    images
    images

    प्रचण्डसँग नेता प्रकाण्डले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमदेखि समाजवादी मोर्चालगायतको बिषयमा छलफल गरेको जनाएका छन् । नेकपाका महासचिव विप्लव माओवादीसँग पार्टी एकता गर्न तयार भइरहेको बेलामा प्रकाण्ड खुमलटार पुगेका हुन् ।

    पछिल्लो समय माओवादीका नेताहरुसँग नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको भेट बाक्लिरहेको छ । त्यसो त नेता प्रकाण्डले यही साता प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij