Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

पर्सामा प्रहरीद्वारा गाँजा खेती नष्ट...

पर्सामा प्रहरीद्वारा गाँजा खेती नष्ट...

  • काठमाडौै । पर्सामा साझेदारी वन क्षेत्रभित्र लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ । सखुवा प्रसौनी गाउँपालिका– १ स्थित बडनिहार, कोइलाभार, विन्दवासनी साझेदारी वन क्षेत्रमा पाँच विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो।

    images
    images
    images

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले त्यहाँ लगाइएको करिब ३५ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

    images

    यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहामा १३ स्थानमा दुई विगाहा क्षेत्रफलमा लगाइएको १५ हजार गाँजाको बोट इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले फडानी गरी नष्ट गरेको छ।

    पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वनसित सीमाना जोडिएका गाउँहरुमा स्थानीयले नै वन क्षेत्रभित्र अवैध रुपमा गाँजा खेती गर्ने गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट