Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री नजाने

  • काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा ओली  सहभागी हुने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक रद्द भएको छ । सोमबार दिउँसो सवा १२ बजे बस्ने भनिएको संसद् समितिको बैठक रद्द भएको हो ।

    images
    images
    images

    सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने तयारी थियो । तर प्रधानमन्त्रीको  सचिवालयले कारण उल्लेख नगरी कार्यक्रम रद्द भएको जानकारी दिएको हो ।

    आज समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij