
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित विपद्का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् ।
उनीहरू आइतबार सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
उनीहरूले विपद्का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै कालो झण्डा देखाएका थिए । यसपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरू मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी)समर्थित युवाहरू रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij