
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ ।
बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा विपदपछिको उद्धार, राहत र पुनस् निर्माणको बारेमा छलफल हुने बताइएको छ ।
हालैको बर्षापछि सरकारले उद्धार र राहतमा प्रभावकारी काम गर्न नसको आरोप लागिरहेका बेला समितिको बैठक बसेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij