
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओली ११ दिनपछि स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली सोमबार अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।प्रधानमन्त्री ओलीले अमेरिकामा संयुक्त राष्ट्रसङ्घको महासभा सम्बोधन गरेका थिए भने अन्य कार्यक्रममा समेत सरिक भए ।
तर, यता नेपालमा भने उनको आलोचना भइरहेको छ । बिहीबार रातिदेखि शनिबार साँझसम्म भएको अविरल वर्षाका कारण सयौंले ज्यान गुमाउँदा पनि उनले कुनै दतारुकता नदेखाएको भन्दै उनको आलोचना भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij