
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै असोज ८ गते रंगेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको जानकारी पत्र पठाएको छ ।
वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदै गर्दा पक्राउ परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौंबाट म्याद थप भई आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको आयोगका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij