
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन च्यालेन्ज (एमसिसी) का कार्यकारी प्रमुख एलिस म्याकब्राइटले शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा एमसीसीको कार्यान्वयन अवस्थाका साथै विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij