Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनमतले चार केन्द्रीय सदस्यसहित आठ जनालाई सोध्यो स्पष्टीकरण

जनमतले चार केन्द्रीय सदस्यसहित आठ जनालाई सोध्यो स्पष्टीकरण

  • काठमाडौँ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको छ ।

    onlinepatrika
    Arghakhachi

    स्पष्टीकरण सोधिएका आठ जनामा चार केन्द्रीय सदस्य, तीन साधारण सदस्य र एक पालिका सचिव रहेका छन् । महोत्तरी जलेश्वरको कार्यक्रममा होहल्ला गरी पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख  दीपक साहले जानकारी दिएका छन् ।

    AGNI GROUP

    जनमतले केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुरलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, जलेश्वर नगरपालिका समितिका सचिव संजित यादव र साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि स्पष्टीकरण सोधिएको छ ।

    स्पष्टीकरण पत्रमा स्तो भनिएको छ,

    ‘असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर, महोत्तरीको हलमा भएको जनमत पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा तपसिलको व्यक्तिहरूले होहल्ला गरी कार्यक्रम बिथोल्न गरेको, गुटबन्दी तथा भाँडभैलो गरेको र साथै पार्टीको अहित हुने कार्यमा संलग्न भएको देखिएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क)को उपधारा

    १,२,३,४,५,६,१०,११ आकर्षित हुने हुँदा तपाईंहरुलाई साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij