Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

राष्ट्रपति पौडेलसमक्ष आयोगको प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष आयोगको प्रतिवेदन पेस

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    images
    images
    images

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०र८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताए ।

    images

    उनले वित्तीय संघीयता अन्तर्गत राजस्व बाँडफाँड, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस गर्ने लगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij