Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु

चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु

  • काठमाडौं । दक्षिणी चीनमा चक्कु प्रहारको घटनामा एक बालकको मृत्यु भएको छ । बुधवार विद्यालय जाँदै गर्दा शेञ्झेनस्थित जापानी विद्यालयमा पढ्ने ती छात्रमाथि चक्कु प्रहार भएको जापानी विदेश मन्त्रालयले बताएको छ ।

    जापानी विद्यालय नजिक चीनमा हालैका महिनामा भएको यो दोस्रो चक्कु प्रहारको घटना हो । ती बालकमाथि विद्यालयको गेटभन्दा २०० मिटर पर आक्रमण भएको चीनको विदेश मन्त्रालयले भनेको छ ।

    यस घटनामा ४४ वर्षीय संदिग्धलाई घटनास्थलबाट पक्राउ गरेर हिरासतमा राखिएको छ । जापानी र चिनियाँ अधिकारीहरूले पीडितको राष्ट्रियता खुलाएका छैनन् । तर सेञ्झेनमा रहेको सो जापानी विद्यालयमा पढ्न जापानी राष्ट्रियता चाहिन्छ ।

    विद्यालय जाँदै गरेको बालकमाथि भएको आक्रमणलाई जापानको विदेश मन्त्री योको कामिकावाले निन्दनीय बताएका छन् । यसलाई आफूहरूले निकै गम्भीर रूपमा लिएको र त्यहाँ रहेका जापानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पुनः चिनियाँ अधिकारीहरूलाई अनुरोध गरिने उनले बताए ।

    जुनमा पनि पूर्वी चीनमा एक चिनियाँ पुरुषले जापानी महिला र उनको छोरामाथि विद्यालय बसकै अगाडि चक्कु हानेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij