Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

राजनीतिमा होमिइन् मिस नेपाल आस्मा !

राजनीतिमा होमिइन् मिस नेपाल आस्मा !

  • काठमाडाैं । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा होमिएकी छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइदिएको छ ।

    images
    images
    images
    राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो । मनोनितहरुको सूचीमा आस्माको नाम पनि छ ।

    यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् । मिस नेपालको ३० औं संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उनी मिस वल्र्डमा भाग लिन बाँकी नै छ । सोसल वर्कमा स्नातक गरेकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न छिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij