
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । चक्रवात ‘यागी’का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । यस बाढीमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको देशको सैनिक सरकारले जनाएको छ ।
८० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ । ‘यागी’ यस वर्ष एसियामा आउने सबैभन्दा शक्तिशाली आँधी पनि हो ।
आधिकारिक तथ्याङ्क अनुसार भियतनाम, लाओस, थाइल्याण्ड र म्यानमारमा सेप्टेम्बरको सुरुमा आएको आँधीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ ।
यागीका कारण म्यानमारमा बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ । धेरै गाउँ डुबानमा परेका छन् ।
साथै म्यानमारमा धेरै एकड जमिनमा लगाएको बाली पनि नष्ट भएको छ । यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने पनि राष्ट्रसंघले चेतावनी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij