Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

हिउँदे अधिवेशनबाट मन्त्रालयसँग सम्बन्धित विधेयकहरु प्रस्तुत हुने छन्: उड्यनमन्त्री

हिउँदे अधिवेशनबाट मन्त्रालयसँग सम्बन्धित विधेयकहरु प्रस्तुत हुने छन्: उड्यनमन्त्री

  • काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्द ऐनहरु संशोधन हुने बताएका छन् ।

    images
    images
    images

    मंगलबार नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक सधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरुलाई मूर्त रुप दिने काम हुने विश्वास व्यक्त गरेका छन् ।

    images

    मन्त्री पाण्डे भने,'हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन,संस्कृति,हवाई उड्यन, लगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेका छौं । संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रुप दिने छौं ।'

    मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आव्हान गरेका छन् । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको समेत बताए । फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले मुलुकको स्थायीत्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार  बनाउनु परेको उद्घोष गरे ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij