Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कर बढाएको विषयमा रङ्गेलीमा चर्कियो आन्दोलन

कर बढाएको विषयमा रङ्गेलीमा चर्कियो आन्दोलन

  • काठमाडौं । मोरङको रङेली नगरपालिकामा कर वृद्धिको विरोधमा आन्दोलन चर्किएको छ । एक सातादेखि सुरु भएको कर वृद्धिको आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ ।

    images
    images
    images
    आजबाट बजार र यातायात समेत बन्द भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनका कारण आज मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार बन्द भएकाले छ ।

    आन्दोलनकारीले बिहान कर्मचारीमाथि हातपात एवं दुर्व्यवहार गरेका छन् । रङेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेको बताए ।

    त्यस क्रममा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिकाले विभिन्न शीर्षकमा कर वृद्धि गरेपछि आन्दोलन सुरु भएको हो । आन्दोलनमा ऐक्यबद्धता जनाउन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत गत बुधवार आन्दोलनमा उपस्थित भएर नारा जुलुस र प्रदर्शनमा सहभागी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij