Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कोशी प्रदेश सरकारले पायो पूर्णता

कोशी प्रदेश सरकारले पायो पूर्णता

  • काठमाडौं । नेपाली कांग्रेस इतर समूहको प्रतिनिधित्वबिना कोशी प्रदेश सरकारमा सहभागी भएको छ ।

    images
    images
    images

    शुक्रबार कांग्रेसका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गर्दा शेखर समूहका कुनै पनि नेता मन्त्री र राज्यमन्त्रीमा परेका छैनन् । कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ ।

    कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    त्यस्तै, खगेनसिंह हाङगाम उद्योग कृषि तथा सहाकारी मन्त्री बनेका छन् ।

    सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री र भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । यो सँगै कोशी प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १० सदस्यीय बनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij