Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

  • काठमाडौं ।  सोमबार बेलुका सुरु भएको झडप मंगलबार दिनभर चलेको थियो । आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडी बजारमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । बेलुकी ५ बजे राडी बजारमा निषेधाज्ञा जारी गरिएपछि भिड तितरबितर भएको थियो ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले निषेधाज्ञा जारी भएपछि राडी र त्यस आसपासको अवस्था सामान्य रहेको बताए । निषेधाज्ञा अझै कायमै छ । राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनालाई प्रहरीले उपचारका लागि नेपालगन्ज पठाएको छ । ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, तेजविक्रम आरसी र दीपक केसीलाई उपचारका लागि पठाइएको हो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij