
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सारथि शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमा दोसल्ला ओढाएर ७९औं जन्मदिनको शुभकामना दिएका हुन् ।
ओलीले फेसबूकमा लेखेका छन्, “आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी ।”
अहिले नेकपा (एमाले) का अध्यक्ष ओली देउवाको दल नेपाली कांग्रेसको प्रमुख समर्थनमा प्रधानमन्त्री छन् ।
गत असार १७ गते राति हस्ताक्षरित सहमतिअनुसार देउवा र ओलीले संसद्को बाँकी कार्यकालको आधा-आधा समय प्रधानमन्त्री हुनेछन् ।
देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना दिएका छन् । उनले खादा लगाइदिएर शुभकामना व्यक्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij