
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रतिवेदन पेस गरेका हुन् ।
सभापति चालिसेले विधेयकले चेक अनादरसम्बन्धी कानूनी व्यवस्थालाई व्यवस्थित बनाउन उद्देश्य लिएको बताए । “चेक अनादरसम्बन्धी कानूनी व्यवस्थालाई व्यवस्थित बनाउन उद्देश्य विधेयकले लिएको छ,” उनले भने ।
अगाडि उनले भने, “आर्थिक कारोबारमा नगदसरह प्रयोग हुने चेकको विश्वसनीयतालाई थप प्रभावकारी बनाइ आउँदा दिनमा चेक अनादरबाट सिर्जित समस्या निवारण साथै चेकको विश्वव्यापी मान्यताको मर्मअनुसार प्रयोग गर्न र आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियालकपाको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा कुनै व्यक्ति तथा निकायबाट हुने आर्थिक क्रियाकलापलाई सुरक्षित र व्यवस्थित बनाइनेछ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij