Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ

  • काठमाडौं । प्रहरीले कैलाली र झापाबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेको छ । 

    images
    images
    images

    जसमा, कैलाली, जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    त्यस्तै झापा, झापा गाउँपालिका-४ ग्रामथानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५९ मिलिग्राम सहित शिवसताक्षी गाउँपालिका-३ बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुरूङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij