
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । भेनेजुएला सरकारले राष्ट्रपति पदका उम्मेदवार विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेर स्पेनमा राजनीतिक शरण मागेको बताएको छ ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसयता उनी लुकेर बसेका थिए ।
राष्ट्रपति चुनावको नतिजामा सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको छ ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा भनेका छन् कि एडमन्डो गोन्जालेजले केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि स्पेनी सरकारलाई राजनीतिक शरण दिन आग्रह गरेका थिए ।
सरकारले आफ्नो सुरक्षित निकासीका लागि राजी भएको र आफू देश छाडेर गएको पनि उनले बताए ।
स्पेनका विदेशमन्त्री मानुएल अल्बेरेसले एडमन्डो गोन्जालेजले भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको बताएका छन् ।
भेनेजुएलामा चुनावी नतिजा आएपछि राजनीतिक उथलपुथल भएको छ ।
विपक्षी दलहरूले यो चुनावमा एडमन्डो गोन्जालेज विजयी भएको दाबी गरेका छन् । तर अमेरिका, युरोपेली संघ र केही ल्याटिन अमेरिकी देशहरूले मादुरोलाई राष्ट्रपतिको रूपमा मान्यता दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij