Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैनः प्रधानमन्त्री

तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैनः प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

    images
    images
    images

    शनिवार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनखा वृद्धि गर्न नसकिने बताए ।

    उनले अर्थतन्त्र बलियो हुँदा एकै पटक २५ प्रतिशत तनखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था नरहेको जिकिर गरे ।

     उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउ नसके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए । उनले नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताए ।

    प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरूलाई कमजोर बनाउने काम भइरहेको बताए  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij