Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेकपा महासचिव विप्लव र राजदूत अवेलबीच भेट

नेकपा महासचिव विप्लव र राजदूत अवेलबीच भेट

  • काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेपालका लागि क्युवाका कार्यवाहक राजदूत अवेल अवेलाबीच बुधबार भेट भएको छ ।

    images
    images
    images
    भेटमा महासचिव विप्लव र कार्यवाहक राजदूत अबेलले साम्राज्यवादविरुद्ध क्युवाली जनताको सङ्घर्षप्रति बलियो ऐक्यबद्धता व्यक्त गरे । नेपाली क्रान्तिका लागि क्युवा र नेपालबीच महत्त्वपूर्ण समन्वय आवश्यक रहेकोबारे समेत छलफल भएको बुझिएको छ ।

    भेटमा महासचिव विप्लवले क्युवाको शिक्षा, राजनीतिलाई नेपाली मौलिकतामा समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेको र त्यसमा आफूहरू सकारात्मक रहेको बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

    भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, केन्द्रीय सदस्य प्रकाश शाहीलगायतको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij