Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिर्तामोडमा भेटिएकी अस्मिताको बयान: दुई छोरीलाई विष खुवाएर मैले पनि खाएकी हुँ !

बिर्तामोडमा भेटिएकी अस्मिताको बयान: दुई छोरीलाई विष खुवाएर मैले पनि खाएकी हुँ !

  • काठमाडौं । मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेको घटनामा आमालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार २९ वर्षीया अस्मिता कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    गत शनिबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेका थिए ।

    AGNI GROUP

    ५ दिनपछि बुधबार बिहान झापाको बिर्तामोडबाट अस्मितालाई पक्राउ गरेको मोरङ प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

    अस्मिताले श्रीमान्‌ले धेरै टर्चर दिएपछि छोरीहरूलाई विष खुवाएर मारेर भागेको बयान दिएकी छन् । श्रीमान्‌ले जहिले पनि मारिदिने धम्की दिने गरेको अस्मिताले प्रहरीसमक्ष बताइन् ।

    उनले प्रहरीसमक्ष भनिन्, ‘सुरुमा आफैँले विष पिएँ । मेरो छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ ।’

    प्रहरीका अनुसार बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । सामान्य उपचारपछि सार्वजनिक गरिएको हो ।

    यसअघि गत शुक्रबार साँझ अर्जुन कार्कीसँग अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् ।

    तर, दुवै छोरी शनिबार दिउँसो केराबारीमा मृत फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् । नाबालिकाहरु मृत भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।

    अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । पक्राउ परेकी अस्मितालाई चारदिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij