Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

फेसबुकमा ओलीलाई अनफलो गर्ने क्रम जारी

फेसबुकमा ओलीलाई अनफलो गर्ने क्रम जारी

  • काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलिरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् ।

    images
    images
    images

    मंगलबार साँझबाट सुरु भएको अभियानमा अहिलेसम्म ७२ हजारभन्दा बढीले अनफलो गरिसकेका छन् । ओलीको फेसबुक पेजमा मंगलबारसम्म ६ लाख ६६ हजार फलोअर्स थिए ।

    अहिले ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९४ हजारमा झरेको छ । मंगलबार बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अनियान चलाएका थिए ।

    आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको भन्ने स्टाटस राखेका थिए । सो स्टाटस मंगलबार उनको फेसबुक पेजबाट हटेको थियो ।

    मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार भनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij