Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा मन्त्री पाण्डेसँग भेट

नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा मन्त्री पाण्डेसँग भेट

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन् ।  

    images
    images
    images

    मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ ।  

    मन्त्री पाण्डे र राजदूत अन्सारीबीचको भेटमा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो । छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुशरण गनुपर्ने विषयमा समेत कुराकानी भएको थियो ।  

    द्विपक्षीय भेटघाटका क्रममा परराष्ट्रमन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij