Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

कतारका लागि प्रस्तावित राजदूतको सुनुवाई

कतारका लागि प्रस्तावित राजदूतको सुनुवाई

  • काठमाडौं । संसदीय सुनुवाइ समितिले कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले संसदीय सुनुवाई गरेको हो । सो क्रममा प्रस्तावित राजदूत पौडेलले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    उनले नेपाल र नेपालीको सर्वोपरी हित रक्षा गर्नु र प्रवद्र्धन गर्ने, कतार सरकारसंगको सम्बन्ध विस्तार र सवल बनाउने सम्बन्धमा नेपाल सरकारको प्रतिनिधि भइ आवश्यक कार्यसम्पादन गर्ने धारणा राखे । कतार र नेपालबीच भएका श्रम सम्झौता पुर्नलेखन र नविकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम प्रयास गर्ने उनले बताए ।

    रोजगारदाताको कार्यस्थलको अनुगमन गर्ने, कार्यक्षेत्रमा देखिएका श्रमिको समस्या समाधान गर्ने, वैकल्पिक श्रम बजारका लागि संयुक्त पहल गर्ने, प्रत्यक्ष वैदेशिक लगानी भित्राउने लगायतका कार्यहरुले आफूले गर्ने पौडेलले उल्लेख गरे ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij