Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दशरथ रंगशालाले देशकै बेइज्जत भयो: प्रधानमन्त्री

दशरथ रंगशालाले देशकै बेइज्जत भयो: प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन् । रजत पदक जितेका महिला भलिबल खेलाडीलाई बिहीबार पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भएको खेलबाट दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका हुन् ।

    images
    images
    images

    ‘दशरथ रंगशालाको खेल मैदान धेरै विग्रिएको छ । म २०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु । त्यहाँ जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान देख्या थिएन । अहिले त हिलै छ,’ उनले भने, ‘अस्ति एउटा खेल हेर्दाखेरि देशकै बेइजत भयो । त्यसकारण देशकै बेइजत हुने खालको स्थिति हुनु हुँदैन ।’

    प्रधानमन्त्री ओलीले उक्त रंगशालाको दुरुपयोग नगर्न आग्रह गरे । उनले रंगशाला फुटबलका लागि बनाइएको भन्दै त्यसैका लागि मात्र प्रयोग गर्न निर्देशनसमेत दिए ।

    ‘बढी क्यापासिटी भएको रंगशाला हामीसँग छैन । हामीलाई २०/२५ हजारको क्यापासिटी भएको मैदान चाहिन्छ । त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै । त्यसको दुरुपयोग भयो । खासगरी यो मैदान स्तरीय खेलका लागि हो । फुटबल खेलका लागि हो । त्यसमै प्रयोग होस्,’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij