Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

भीम रावलको टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति विरोध

भीम रावलको टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति विरोध

  • काठमाडौं । नेकपा एमालेको नेता भीम रावलले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति विरोध जनाउका छन् ।

    images
    images
    images
    टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानको उल्लंघन भएको उनको तर्क छ ।

    उनले भनेका छन्, ‘टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरङ्कुश स्वेच्छाचारी । जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तव्य हो ।’

    ओली र देउवाविरुद्ध नाराबाजी गर्नेहरूले भीम रावलको पक्षमा भने नारा लगाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij