Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

अन्तर्राष्ट्रिय स्तरको भलिवल कभर्डहल बनाउन उप समिति गठन

अन्तर्राष्ट्रिय स्तरको भलिवल कभर्डहल बनाउन उप समिति गठन

  • काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यि  उप समिति गठन गरेको छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका लागि भलिवल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो । 

    परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट गठन भएको उपसमितिले  विभिन्न सरकारी निकाय तथा स्थानिय तहसंग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारंभिक चरणको कार्य गर्नु पर्ने छ । यस्तै जग्गा एकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिईएको छ ।

    उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij