
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । २०७६ सालदेखि गठनको प्रयास भएपनि सफल हुन नसकेको संघीय भूउपयोग परिषद् ५ वर्षपछि गठन गरिएको छ ।
परिषद्लाई भूउपयोग ऐन २०७६ ले भूउपयोग नक्सा डाटा तयार गर्ने, भूउपयोग क्षेत्रको वर्गीकरण, योजना तर्जुमा र कार्यान्वयन सम्वन्धी अन्य आवश्यकताका आधार तथा मापदण्ड तयार गर्ने, अन्तरप्रदेशमा देखिने भूउपयोगसम्बन्धी जग्गा विवाद समाधान गर्नेलगायतका अधिकार दिएको छ ।
प्रदेशमा र स्थानीय तहमा पनि भूउपयोग परिषद् गठनको व्यवस्था छ । संघीय भूउपयोग परिषद्को पहिलो बैठकले केही योजनासहित नीतिगत निर्णय पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij