Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

वैदेशिक रोजगार ठगीका दुई आरोपी भारतबाट पक्राउ

वैदेशिक रोजगार ठगीका दुई आरोपी भारतबाट पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगार ठगीका आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–४ का देव सुनार र भीमकुमार सुनार रहेका छन् ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनारद्वयलाई भारतको दिल्लीबाट पक्राउ गरी कञ्चनपुर हुँदै काठमाडौं ल्याएको हो ।

    प्रहरीका अनुसार युरोपेली मुलुकमा लैजाने भनेर सर्वसाधारणसँग एक करोड रुपैयाँभन्दा बढी रकम उठाएर यी दुई फरार भएका थिए ।

    वैदेशिक रोजगार विभागको पत्रअनुसार उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij