Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए सर्वसाधारण

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए सर्वसाधारण

  • काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएका छन् । जग्गाको विषयमा विवाद हुँदा एक दम्पतीमाथि रगताम्य हुनेगरी कुटपिट भएको हो ।

    images
    images
    images
    जग्गा सम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्त बहादुर गाहासँग वडा कार्यालयमा छलफल भइरहेको समयमा स्थानीय राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि कुटपिट भएको हो ।

    सामान्य भनाभनपछि क्षेत्री दम्पत्तिमाथि वडा नम्बर १४ धर्मबस्ती बस्ने प्रेमबहादुर कामु र उनका दाजुभाइ कृष्ण कामु, जीवन कामु र रितमान कामुको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij