Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सरकारसँग युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न जसपा नेपालको माग

सरकारसँग युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न जसपा नेपालको माग

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपां) नेपालले बेरोजगारी समस्या हल गर्न सरकारसँग माग गरेको छ ।

    images
    images
    images
    आवश्यक पूँजी, तालिम, बजार लगायतका आवश्यक कार्यक्रमहरूसँगै योजना निर्माण गरी प्रत्येक पालिकाहरूमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गरेको हो ।

    सीप र अनुभव प्राप्त गरी वैदेशिक रोजगारबाट फर्किएर आएकाहरूले स्वदेशमै व्यवसाय सञ्चालन गर्न सक्ने गरी राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने जसपा नेपालको जोड छ ।

    जसपा नेपालले भनेको छ, ‘आदिवासीहरूको परम्परागत ज्ञान र शीपलाई संरक्षण र विकास गरी उत्पादन कार्यमा लगाउन आवश्यक व्यवस्था गरिनुपर्दछ ।’

    पार्टीले बेरोजगार युवाहरूको लागि बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएको छ । जसपा नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ६७ बुँदे समसामयिक राजनीतिक निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij