Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

फेसबुकमा प्रधानमन्त्रीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ

फेसबुकमा प्रधानमन्त्रीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली, उनको पार्टी नेकपा एमाले र समर्थकविरुद्ध गाली गलौज गरेको आरोपमा कराते प्रशिक्षक राजन लामा पक्राउ परेका छन् ।

    images
    images
    images
    उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराध गरेको आरोपमा अभियोग पत्र दायर भएको छ । धादिङको गजुरी गाउँपालिकामा करार खेलकुद प्रशिक्षकका रुपमा कार्यरत लामा माओवादीनिकट वाइसीएलका जिल्ला सचिव पनि हुन् ।

    प्रहरीले लामालाई साउन २७ गते पक्राउ गरेको थियो ।

    लामाले फेसबुकमा ‘कुलमान घिसिङलाई अख्तियार लगाएर अपमानजनक बहिर्गमन गर्ने बाटोमा केपी ओली लागे नेकपा एमाले को त म भन्दीन केपी ओलीलाई बा भन्नेहरुलाई गाउँ अनि समाजदेखि नै सखाप पार्ने जिम्मा चै म आफैँ नी लिन्छु धन्यवाद । अत सम्पूर्ण देशमक्त युवाहरुलाई यो एमाले र कांग्रेस सरकारले श्रीलंका र बंगलादेश अवश्य नै बनाउने भए त्यसैले यिनिहरुलाई  पातो कसेर देश कटाउन हार्दिक आह्वान गर्छु’ सहितका थुप्रै फेसबुक स्टाटस लेखेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij