
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् ।
भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन् ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने कार्यसूची छ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता नेपालको तर्फबाट भारतमा यो पहिलो उच्च स्तरीय भ्रमण हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij