Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राजदूत मनोनयनबाट कान्ता रिजालको नाम हट्यो

राजदूत मनोनयनबाट कान्ता रिजालको नाम हट्यो

  • काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एकजना मात्र स्वदेश फर्केको पाइएको छ । उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेको थियो ।

    कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुईजनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रिजालले पनि दुईजना सहयोगी इजरायल लगेकी थिइन् । तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो । रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij