Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

  • काठमाडौं । सिन्धुलीमा केही बेरअघि बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए । 

    images
    images
    images

    ‘वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- ४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो,’ एसपी काफ्लेले नेपालखबरसँग भने, ‘म अहिले घटनास्थलमै छु । घाइतेको उद्धारको काम चलिरहेको छ ।’

    उनले मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको बताए । 

    घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको छ । दुर्घटनापछि अहिले वीपी राजमार्गमा यातायात अवरुद्ध छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij