
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ ।
निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा उक्त कार्यालयका पदाधिकारीले मङ्गलबार सम्मान गरेका छन् ।
साथै पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनस्थित भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij