
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शम्भुनाथ नगरपालिक -५ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश -०३-००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको ट्रक दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी-१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मोहनपुर पुलबाट तल खस्दा ट्रक दुर्घटनामा परेको हो । चालक राईको ट्रकभित्रै च्यापिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij