Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

प्रहरी नियमावली संशोधन नभए ८९ उच्च प्रहरी अधिकृतले मध्य भदौमै अवकाश पाउने

प्रहरी नियमावली संशोधन नभए ८९ उच्च प्रहरी अधिकृतले मध्य भदौमै अवकाश पाउने

  • काठमाडौं। प्रहरी नियमावली संशोधन नभए भदौ १६ गते माथिल्लो दर्जाका ८९ जना एकै दिन अवकाशमा जाँदैछन्। ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीको यति ठूलो संख्या एक साथ अवकाशमा जाने भएका हुन्।

    images
    images
    images

    भदौ १६ मा एक डिआइजी र भदौ २१ मा अर्का एआइजी पनि घर जाँदै छन्। प्रहरी नियमावली संशोधन गर्न सर्वोच्च अदालतको आदेश नभएकाले पनि सरकारलाई अप्ठेरो परेको छ। प्रहरी ऐन निर्माण गरेर मात्रै प्रहरीको सेवा अवधि हटाउन आदेश दिएकाले सरकारलाई अप्ठेरो परेको हो।

    images

    समयमै प्रहरी नियमावली संशोधन नहुँदा डिआइजी विष्णु केसीको भदौ १६ मा अनिवार्य अवकाश हुँदैछ। भदौ १६ गते प्रहरी अधिकृतहरू अवकासमा जाँदैछन्। यसरी अवकाश पाउन लागेकाहरु धेरैको उमेर ५५ भन्दा कम रहेको छ।

    ३० वर्षे सेवाहदका कारण ठूलो संख्यामा प्रहरीले अवकाश पाउन लागेको यो पहिलो पटक हो। प्रहरी नियमावलीमा तत्काल संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गर्नुपर्ने अवस्था रहेको छ।

    २०४९ सालसम्म प्रहरी कर्मचारी उमेर हद र पदावधि (दुई) को आधारमा मात्र अवकाश हुने व्यवस्था रहेको, अन्य सरकारी सेवामा पनि यही नै व्यवस्था रहेकोमा विभेदकारी नियमावली खारेज हुनुपर्ने प्रहरी अधिकृतहरुको भनाइ छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij