Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

जम्बो मन्त्रिपरिषद्‌विरुद्ध जसपाका युवा र विद्यार्थीको प्रदर्शन, प्रहरीसँग झडप

जम्बो मन्त्रिपरिषद्‌विरुद्ध जसपाका युवा र विद्यार्थीको प्रदर्शन, प्रहरीसँग झडप

  • काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् २० सदस्यीय पुर्‍याएको विरोधमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि जसपा नेपालका युवा र विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    जसपा नेपालनिकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियनले सिटी जुलुस निकालेको हो । निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयअगाडि पुगेका प्रदर्शनकारीले मधेश सरकारविरुद्ध नाराबाजी गरे ।

    निषेधित क्षेत्र तोड्ने क्रममा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मीबीच सामान्य झडपसमेत भएको छ । प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताको बदनाम गरेको भन्दै राजीनामा पनि मागेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij