Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

  • काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेदेखि  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । 

    images
    images
    images

    बैठकमा नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । 

    शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरेका छन् ।

    शनिबार बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको समस्या, नेतृत्वको विकल्प र पार्टी निर्माणबारे लिखित प्रस्ताव नै पेस गरेका थिए । त्यस्तै, अर्का उपमहासचिव वर्षमान पुनले पनि नीति र नेतृत्व सम्बन्धमा खुलेर बहस गरेका थिए ।

    आइतबार बसेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नीति र नेतृत्वको विषयमा सैद्धान्तिक बहस गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल भइरहेको सापकोटाले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij