Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक जारी

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक जारी

  • काठामाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ। बैठक आइतबार ललितपुरको साना गाउँमा  सुरु भएको हो । 

    images
    images
    images

    ४ दिनसम्म चल्ने सो बैठकले छलफलका लागि १० बुँदै एजेन्डा प्रस्तुत गरेको छ । वर्तमान भू—राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भुमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय-जातीय मुक्तिको सवाल,नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेन्डा छन् ।

    त्यस्तै स्थानीय तह, प्रदेश सभा र सांसदमा पार्टीको भुमिका, पार्टी बिस्तार र सुदृढीकरण कार्य योजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरु निर्माण सम्बन्धमा र नेताहरूको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेन्डा बैठकमा छलफलका लागि तय गरिएको पनि अध्यक्ष यादवले बताए।

    बैठकमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसदलाई पार्टीको तर्फबाट प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने जसपा, नेपालले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij